
कर्णाली प्रदेशसभा सदस्य सुशिल थापाले आफ्नो निर्वाचन क्षेत्रमा आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु खरिद गरि बितरणका लागि ५५ हजार रकम संकलन गरेका छन् ।
दैलेखको भैरवी र दुल्लू क्षेत्रका स्वास्थ्य संस्थामा आवश्यक पर्ने सामग्री खरिदका लागि अभियान थालेका सांसद सुशिल थापाको अभियानमा अन्य बिभिन्न व्यक्तिहरुले पनि सहयोग गरेपछि जम्मा भएको १ लाख ५५ हजारल मेडिकल साम्रगी खरिद गरि बितरण तयारी थालिएको हो । आफुले निर्वाचन क्षेत्र भित्रका स्वास्थ्य संस्थामै पुगेर जनताको स्वास्थ्य उपचार र कोरोना संक्रमणबाट बच्ने सामग्रीहरु खरिद गरेको थापाको भनाई छ । एक दुई दिनमा आफै गाउँ पुगेर सामग्री हस्तान्तरण गर्ने योजना रहेको थापाले बताए ।
सांसद थापा स्वयंले मासिक पारिश्रमिकबापत ४० हजार जम्मा गरेका छन् । थापाका बुवा झक्कल बहादुर थापा र सांसद थापाकी पत्नि सुशिला साहीबाट १५ हजार गरी ५५ हजार, भैरवी गाउँपालिका अध्यक्ष पे्रम बुढाले २५ हजार । दुल्लू नगरपालिका १३ का दानबहादुर रावलले २५ हजार, दुल्लू ५ का रमेश पोखरेलले १५ हजार, चन्द्र पोखरलबाट १० हजार, दुल्लू १३ का पे्रम शाहीले १० हजार, दुल्लू ६ का जीवन खड्काले १० हजार चामुण्डाविन्द्रासैनी नगरपालिकाका लक्ष्मी बुढाले ५ हजार गरी जम्मा भएको १ लाख ५५ हजारले सामग्री खरिदको काम अन्तिम चरणमा पुगेको छ ।
सर्जिकल मास्क, एन ९५ मास्क, पीपीई, पञ्जा, थर्मोमिटर लगायतका उपकरण खरिद गरि हस्तान्तरण गरिने तयारी थालिएको छ ।
सामग्रीबाट जनताको सुरक्षामा खटिएका स्वाथ्यकर्मीहरुलाई काममा सजिलो आशा गरेको सांसद थापाले बताए ।









